दफा २३
बाल श्रम निवारण समिति
(१) नेपाल सरकारले प्रतिष्ठानमा कार्य गर्ने बालकको स्वास्थ्य, सुरक्षा, शिक्षा, व्यावसायिक र तालीमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न, बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बाल श्रम निवारण गर्ने
सम्बन्धमा आवश्यक राय सुझाव प्राप्त गर्नको लागि बाल श्रम निवारण समिति गठन गरिनेछ ।
(२) यस्तो समितिमा तोकिए बमोजिम बाल श्रमको क्षेत्रमा कार्यरत सरकारी र गैर सरकारी संस्था तथा विशेषज्ञको समुचित प्रतिनिधित्वको व्यवस्था गरिनेछ ।
(३) बाल श्रम निवारण समितिको गठन विधि, काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।